निर्वाचन विशेष

झापा बुद्धशान्तिको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन्।

उनले ११ हजार ४०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) की मीरा भूर्तेलले आठ हजार ३०२ मत प्राप्त गरिन्।

उपाध्यक्षमा एमालेकी भवानी खतिवडा आठ हजार ७४ मत प्राप्त गरी विजयी भएकी छिन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का खड्गबहादुर तिम्सिनाले पाँच हजार २१६ मत प्राप्त गरे।

प्रकाशित: ६ जेष्ठ २०७९ ११:५६ शुक्रबार

झापाको बुद्धशान्ति गाउँपालिका