निर्वाचन विशेष

एमालेको किल्ला तोडेर पोखरेल बने कमलामाईको मेयर

काँग्रेस र माओवादीको गठबन्धन गरि नेकपा एमालेबाट काँग्रेसले मेयर जितेको छ। कमलामाई नगरपालिकामा गठबन्धनबाट काँग्रेसका मेयर उम्मेदवार निर्वाचित भएपछि एमालेको किल्ला तोडिएको छ।

काँग्रेस माओवादीको गठबन्धन गरि नेपाली काँग्रेस सभापति समेत रहेका उपेन्द्रकुमार पाखेरले कमलामाई नगरपालिकामा पहिलो पटक मेयर निर्वाचित भएपछि एमाले किल्ला भत्किएको हो । १४ हजार १ सय ८७ मतसहित कमलामाई नगरपालिकाको मेयरमा पोखरेल निर्वाचित भएका छन्।

सदरमुकाम सिन्धुलीमाढी रहेको कमलामाई नगरपालिकामा पहिलो पटक काँग्रेसका मेयर निर्वाचित भएका हुन्। विजयी भएका पोखरेलको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका महेन्द्रदेब श्रेष्ठले १२ हजार ५ सय ७६ मत पाएपछि मेयरमा काँग्रेस निर्वाचित भएको थियो। २०७४ सालको निर्वाचनमा एमालेका खड्गबहादुर खत्रीसँग मेयर निर्वाचित भएका पोखरेलले सत्ताइस सय ६४ मत अन्तरमा पराजित भएका थिए।

 पहिले हारेको भएपनि दोस्रो पटक काँग्रेस उम्मेदवारलाई मतदाताले विश्वास गरेर मत दिएपछि काँग्रेसले एमालेबाट जित्दै आएको मेयर पद खोसेको छ। २०५४ सालमा पनि काँग्रेस कमलामाई नगरपालिकामा पराजित बनेको थियो। 

उपमेयरमा भने नेकपा एमालेकै मञ्जु देवकोटा दोस्रो पटक निर्वाचित भएकी छिन्। उपमेयर देवकोटाले १२ हजार ६ सय ५४ मत पाएर विजयी बनेकी छिन् भने गठबन्धनबाट उम्मेदवार बनेको माओवादी केन्द्रका निकटतमप्रतिद्धन्दी दिर्घराज श्रेष्ठले ११ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए।

प्रकाशित: ६ जेष्ठ २०७९ ११:५५ शुक्रबार