निर्वाचन विशेष

धनुषाको मिथिला बिहारीमा कांग्रेसका महतो विजयी

धनुषाको मिथिला नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। 

मेयर पदका उम्मेदवार महेन्द्र महतोले एमालेको उम्मेदवार भन्दा ९१ मत बढी ल्याएर निर्वाचित भएका हुन्। उनले ७ हजार ३१ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका उम्मेदवार  राजाराम महतोले ६ हजार ९४० मत प्राप्त गरेका हुन्।

उपमेयरमा एमालेकी उम्मेदवार सुनिता सिंह बुढाथोकी निर्वाचित भएकी छिन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार निर्मला कोइरालालाई ६७९ मतान्तरले पराजित गरेकी हुन्।

एमालेको उम्मेदवार भइ उपमेयरमा निर्वाचित भएकी बुढाथोकीले ७ हजार ४१४ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी कोइरालाले ६ हजार ७३५ मत पाएकी हुन्।

प्रकाशित: ६ जेष्ठ २०७९ १०:११ शुक्रबार