निर्वाचन विशेष

रुकुमको मुसिकोट नगरपालिका मेयरमा कांग्रेस

रुकुम पश्चिमको सदरमुकाम समेत रहेका मुसिकोट नगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका महेन्द्र केसी १३ मत अन्तरले निर्वाचित भएका हुन्।

उनले ६ हजार ९ सय १४ मत प्राप्त गरेर विजयी भएका छन्। निर्वाचित केसीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वसन्तकुमार शर्माले ६ हजार ९ सय १ मत पाएका छन्।

यसैगरी उप प्रमुखमा नेकपा समाजवादीका विमलकुमार पुनले ६ हजार १ सय ४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका थलबहादुर वलीले ५ हजार ९ सय ८५ मत पाए। १४ वडा रहेको मुसिकोटका ६ कांग्रेस जित हासिल गरेको छ भने बाँकी ८ वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ। यहाँ कांग्रेस/एमाले र माआवादी/समाजवादी बिचमा चुनावी गठबन्धन भएको थियो।

प्रकाशित: ६ जेष्ठ २०७९ ०२:३३ शुक्रबार

रुकुम पश्चिमको सदरमुकाम नेपाली कांग्रेस विजयी