रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन्।
घिमिरेले १० हजार ४५ मत ल्याएर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। उनले नेकपा एमालेका अयोध्या थारुलाई २ हजार ७७७ को मतान्तरले हराउँदै विजयी भएका हुन्।
एमालेबाट अध्यक्षका उम्मेदवार थारुले जम्मा ७ हजार २६८ मत ल्याएका छन्। गाउँपालिका उपाध्यक्षमा काँग्रेसकै तारा थारुले ८ हजार ९९० मत सहित विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी अमृता गुरुङले ७ हजार २६९ मत पाएकी थिइन्।
प्रकाशित: ६ जेष्ठ २०७९ ०२:१५ शुक्रबार