निर्वाचन विशेष

कपिलवस्तु नगरपालिका जसपाको पोल्टामा

नेपालकै पुरानो कपिलवस्तु नगरपालिकामा जसपा नेपालले विजयी सूरुवात गरेको छ।

जिल्लाको पहिलो परिणाम जसपाको पक्षमा गएको छ। सदरमुकाम तौलिहवा रहेको कपिलवस्तु नगरपालिका नगरमा मेर र उप मेयर दुबै जसपाको पक्षमा गएको हो।  प्रमुखमा सुदीप पौडेल ३ हजार १ सय २४ मतान्तरले विजयी भएका छन्।

उनले ११ हजार ९०६ मत ल्याई विजयी बनेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेशकुमार गुप्तले ८ हजार ७ सय ८२ मत ल्याएका थिए। त्यस्तै, उपप्रमुखमा जसपाकै सुनिता गुप्ता विजयी भएकी छन्। उनले ९ हजार ५ सय ७० मत ल्याई विजयी भएकी छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसादेवी पाण्डेले ९ हजार ३ सय ७९ मत ल्याएकी छन्। यस अघिका मेयर कांग्रेसका किरण सिंहले ७ हजार ५१ मत ल्याई तेश्रो भएका छन्। नगरपालिकामा जसपाले ३ वटा वार्ड, कांग्रेसले ५ र एमालेले २ वार्ड अध्यक्षमा जितेका छन्।

उता बाणगंगा नगरपालिकामा एमालेले जित निकालेको छ मेयरमा चक्रपाणी अर्याल र उप मेयरमा रिता थारु बिजयी भएका छन। यधपि अझै यसको आधिकारिक घोषणा भने गरिएको छैन। सो पालिकामा एमालले ६,वटा बार्डमा जितेको छ। जिल्लाको १० स्थानीय तहमध्ये ९ स्थानीय तहको मत गणना भइरहेको छ।

प्रकाशित: ५ जेष्ठ २०७९ ०३:०२ बिहीबार