निर्वाचन विशेष

घोराही उपमहानगरमा एमाले विजयी

घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। उपमहानगरको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी र उपप्रमुखमा एमालेकै हुमा डिसि निर्वाचित भए।

चौधरी ३१हजार ७ सय २८ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी  गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका  हेमराज शर्मा पोखरेलले २६३६८ मत प्राप्त गरे। यसैगरी उपप्रमुखमा एमालेकै हुमा डिसि ३०हजार ४ सय ३ मत प्राप्त गर्दै निर्वाचित भइन। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार  भुप बहादुर डागीले ३०हजार ३ सय ५४ मत प्राप्त गरे।

प्रकाशित: ५ जेष्ठ २०७९ ००:५८ बिहीबार