निर्वाचन विशेष

मतपेटिकामा सिल नभेटिएपछि गणना स्थगित

पालुङटार नगरपालिकाको मतगणना स्थल।

गोरखाको पालुङटार नगरपालिकाको मतगणना रोकिएको छ। पालुङटार– ६ को मतगणना गर्ने क्रममा एउटा बुथको मतपेटिकामा सिल नभएको भेटिएपछि गणना स्थगित भएको हो।  

वीरभद्र बुथको एउटा व्यालेटमा चार वटा मात्रै सिल भएको तर मुचुल्कामा पाँच वटा सिल उल्लेख भएको विषयमा विवाद सुरु भएको हो। विवाद सुरु भएपछि केहीबेर मतगणना रोकिएको र सर्वदलिय बैठक बस्ने तयारी गरिएको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए।  

मतगणना अन्तिम चरणमा पुगेका बेला विवाद भएर रोकिएको हो। अहिलेसम्मको मतगणनामा माओवादी केन्द्रका उम्मेदवारले पाँच हजार सात सय ८३, जनता समाजवादी पार्टीका उम्मेदवारले पाँच हजार चार सय २२ मत पाएका छन्।

कांग्रेस उम्मेदवार दिपकबाबु कंडेलले चार हजार सात सय ५५ मत प्राप्त गरेका छन्। विवाद भएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्राप्त गरेका छन्। विवाद भएपछि त्यहाँ सुरक्षा व्यवस्था कडा बनाइएको छ।  

प्रकाशित: ४ जेष्ठ २०७९ ११:३२ बुधबार

गोरखा पालुङटार नगरपालिका मतगणना स्थगित