निर्वाचन विशेष

बाँकेको डुडुवामा कांग्रेसका चौधरी र बानो निर्वाचित

बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसका नरेन्द्रकुमार चौधरी र साहिदा बानो निर्वाचित भएका छन्। दुवै जना दोस्रो कार्यकालका लागि गाउँपालिकामा निर्वाचित भएका हुन्। २०७४ को स्थानीय तह निर्वाचनमा पनि उनीहरु अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका थिए।

नवनिर्वाचित अध्यक्ष चौधरीले निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टी(जसपा)का भण्डारीलाल यादवलाई पराजित गरेका छन्। नवनिर्वाचित अध्यक्ष चौधरीले ६२७२ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्द्धी जसपाका यादवले ५१२५ मत प्राप्त गरेका छन्। यसैगरी नेकपा एमालेकी सरोजकुमारी यादवले ३७१९ मत प्राप्त गरिन्।  

यस्तै उपाध्यक्षमा निर्वाचित साहिदाले ५८८४ मत प्राप्त गरेकी छन् । यस्तै जनता समाजवादी पार्टी(जसपा)की तरन्नुम बानोले ४७५४ मत प्राप्त गरिन्। नेकपा एमालेका सकिल खाँले ४१५८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कुल ६ वटा वडा रहेको उक्त गाउँपालिकाको मतगणना कार्य सम्पन्न भइसकेको छ।  

अन्तिम मत परिणाम अनुसार डुडुवाको वडा नम्बर १ मा कांग्रेसका पटेश्वर कुर्मी, वडा नम्बर २ मा जसपाका दुर्गाप्रसाद वर्मा, वडा नम्बर ३ मा जसपाकै आमोदकुमार तिवारी, वडा नम्बर ४ मा जसपाकै सगिर खाँ, वडा नम्बर ५ मा एमालेका झंकबहादुर थापा र वडा नम्बर ६ मा एमालेकै मोनराम मिश्र निर्वाचित भएका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ ०२:२४ बुधबार