निर्वाचन विशेष

तुलसीपुर उपमहानगरपालिकाः आजदेखि मतगणना सुरू

दाङको तुलसीपुर उपमहानगरपालिकामा आज देखि मतगणना हुने भएको छ। यो उपमहानगरको वडा नम्बर १७ का उम्मेदवार लबरु चौधरीको निधन भएपछि यो वडामा मतदान रोकिएको थियो।

यहाँ आजका लाति मतदान तोकिएको थियो। अहिले यो वडामा मतदान भैरहेको छ। वडाको मतदान सकिए लगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेबिच प्रतिस्पर्धा छ। गठबन्धनबाट कांग्रेसका गेहेन्द्र गिरी मेयरमा प्रतिष्पर्धा गरेका छन् भने एमालेका टिकाराम खड्का प्रतिस्पर्धामा छन्। यसैगरी उपमेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना उपमेयरमा प्रतिष्पर्धामा छन् भने एमालेकी स्यानी चौधरी प्रतिस्पर्धामा छिन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०३:५८ मंगलबार

तुलसीपुर उपमहानगरपालिका