दाङको शान्तिनगर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमिका केसी निर्वाचित भइन्। यसअघि यो पालिकामा पनि काँग्रेस निर्वाचित भएको थियो।
यसैगरी यसअघि एमालेले जितेको दंगिशरण गाउँपालिकामा पनि काँग्रेस निर्वाचित भएको छ। यो गाउँपालिकाको अध्यक्षमा काँग्रेसका शम्भु गिरी र उपाध्यक्षमा पिमा ओली खड्का निर्वाचित भइन्।
यी दुई गाउँपालिकासँगै कांग्रेसले चार गाउँपालिकामा जित हासिल गरेको छ।
प्रकाशित: ३ जेष्ठ २०७९ ०३:३४ मंगलबार