निर्वाचन विशेष

धरान उपमहागनरः गठबन्धन, एमाले र स्वतन्त्रबीच प्रतिस्पर्धा

धरानमा मेयरमा गठबन्धनका उम्मेदवार किशोर राई, एमालेकी उम्मेदवार मञ्जु भण्डारी र स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ।

धरानको मेयरमा गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ।

कुल ११ हजार ५४८ मतगणनाको नतिजा सार्वजनिक हुँदा गठबन्धनका मेयर उम्मेदवार किशोर राईले ३ हजार ६४५ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार मञ्जु भण्डारीले २ हजार ८९५ मत प्राप्त गरेकी छिन्।

राई र भण्डारीबीच ७५० मतान्तर रहेको छ। मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पनि २७०९ मत ल्याएर दुवैलाई पछ्याइरहेका छन्। यसैगरी उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ३९५३ मत प्राप्त गरेका छन्।

एमाले उम्मेदवार पदम इस्वोले ३ हजार ६४५ मत पाएका छन्। धरानमा हालसम्म वडा १, २, ३ र ४ को मतगणना सम्पन्न भइसकेको छ भने वडा ५, ६, ७ र ८ को मतगणना जारी छ।

प्रकाशित: २ जेष्ठ २०७९ ११:३९ सोमबार

धरान उपमहागनर गठबन्धन एमाले र स्वतन्त्र उम्मेदवार