निर्वाचन विशेष

दुहुँ गाउँपालिकामा एमालेका नरेन्द्र बहादुर वडाल विजयी

दार्चुलाको दुहुँ गाउँपालिकामा नेकपा एमालेका नरेन्द्र बहादुर वडाल विजयी भएका छन्। नेपाली कांग्रेसमा पुलेन्द्रबहादुर कार्कीलाई ९० मतान्तरले पराजित गर्दै वडाल विजयी भएका हुन्।

अध्यक्षमा वडालले २ हजार ८ सय ८६ मत प्राप्त गर्दा कार्कीले २ हजार ७ सय ९६ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा भने कांग्रेसका शान्ति बम १२ मतान्तरले विजयी भएका छन्। बमले २ हजार ८ सय ४३ मत प्राप्त गर्दा एमाले उम्मेदवार ताराकेशरी कुवँरले २ हजार ८ सय ३१ मत प्रप्त गरे। 

दुहुँ गाउँपालिकाको वडा नम्बर १ र २ को वडाअध्यक्षमा कांग्रेश वडा नम्बर ५ मा माओवादी केन्द्र र वडा नम्बर ३ र ४ मा एमाले विजयी भएको छ। पराजिततथा  कार्की निवतर्मान गाउँपालिका अध्यक्ष  तथा नेपाली कांग्रैस दार्चुलाका सचिव समेत हुन् भने,विजयी बडाल गत स्थानीय तह निर्वाचनका समेत निकटतम  प्रतिस्पर्धी हुन्।

प्रकाशित: २ जेष्ठ २०७९ ०७:३९ सोमबार