निर्वाचन विशेष

भरतपुर महानगरपालिकाः प्रमुख पदमा एमालेका विजय सुवेदीकाे अग्रता

चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा एमालेका विजय सुवेदीले अग्रता लिएका छन्। 

७ हजार ७२७ मतगणना हुँदा सुवेदीले नेकपा माओवादी केन्द्रकी रेनु दाहाललाई १४ मतले पछि पfरेका हुन्। सुवेदीले २ हजार ६९३ मत प्राप्त गरेका छन्। सुवेदीलाई पछ्याउँदै दाहालले २ हजार ६७९ मत ल्याएकी छिन्। 

यसअघि वडा नम्बर एकको मतगणना सकिँदा रेनु १२१ मतले अघि थिइन्। स्वतन्त्र रुपमा उमेद्वारी दिएका जगन्नाथ पाैडेलले ८६२ मत ल्याएका छन्। यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन् अधिकारीले २ हजार ९५३ मत ल्याएका छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमाल गुरुङले २ हजार १६२ मत प्राप्त गरेकी छन्।

प्रकाशित: १ जेष्ठ २०७९ १५:४६ आइतबार