निर्वाचन विशेष

भैरवी गाउँपालिका वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

स्वतन्त्र वडाध्यक्ष निर्वाचित चक्रप्रसाद शर्मा।

वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारले जितेका छन्। दैलेखको भैरवी गाउँपालिका–४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका चक्रप्रसाद शर्मा विजयी भएका हुन्। शर्माले ५ सय ८० मत ल्याएर जितेका हुन्।

उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर थापाले ४ सय ३८ मत ल्याएका थिए। त्यस्तै माओवादी केन्द्रका दीपक विकले ७१ मत ल्याएको जनाइएको छ। भैरवीको गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसले अग्रता लिएको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०८:४६ आइतबार

वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार