बजार

मंगलबार सुनको मूल्य स्थिर

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ तोकिएको छ ।

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेको छ। चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०८२ ११:४५ मंगलबार

#gold price in Nepal