बजार

९ हजार २०० वटा गाडी बोक्न सक्ने कार क्यारियर 'बिवाइडी सेनजेन' सार्वजनिक

चीनको नयाँ ऊर्जा गाडी एनइभी (एनइभी) निर्माण गर्ने कम्पनी बिवाइडी ले 'बिवाइडी सेनजेन' सार्वजनिक गरेको छ। यो संसारकै ठूलो रोल–अन/रोल–अफ कार क्यारियर रहेको कम्पनीको भनाइ छ।

यस क्यारियरले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्ने र यो बिवाइडी को दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम रहेको कम्पनीले बताएको छ।

चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बिवाइडी का अत्याधुनिक ब्याट्री प्याक र सफ्ट जेनेरेटरद्वारा सञ्चालित छ। 

यी प्रविधिले बिवाइडी सेनजेनलाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको कम्पनीको दाबी छ। बिवाइडी सेनजेनले बिवाइडी को बढ्दो जहाजहरूको समूहमा स्थान पाएको बताइएको छ।

सन् २०२४ मा बिवाइडी ले ४ लाख १७ हजारभन्दा धेरै विद्युतीय गाडी विदेश पठायो, जुन अघिल्लो वर्षभन्दा ७२ प्रतिशत बढी हो। कम्पनीका अनुसार विद्युतीय गाडीको माग बढ्दै जाँदा बिवाइडी नयाँ प्रविधि, दिगो समाधान र बलियो आपूर्ति प्रणालीसँग अगाडि बढिरहेको छ।

प्रकाशित: १५ माघ २०८१ १८:२८ मंगलबार

#BYD_EVs #BYDShenzhen #æBYD Explorer No=!