कारोबार भएको साताको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) २.९५ अंकले बढेको छ । सामान्य अंकले बढेको नेप्से २६३३.८७ बिन्दुमा पुगेको छ ।
मंगलबार ११७ कम्पनीको मूल्य बढ्दा ११७ कम्पनीले नै घाटा बेहोरेका छन् । १० कम्पनीको मूल्य भने स्थिर रह्यो ।
३१८ कम्पनीको ८९ लाख ३९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशत तथा जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको सेयर मूल्य समान ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
कुथेली बुखरी जलविद्युतको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा आरबीबी म्युचुअल फन्डको मूल्य २ र रिभर फल्स पावर लिमिटेडको मूल्य ५ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मंगलबार कुनै पनि उपसमूहको सूचक १ प्रतिशत पनि बढ्न सकेन ।
प्रकाशित: २ पुस २०८१ १५:३९ मंगलबार